गलकोट नगरपालिकामा स्वतन्त्रका मेयर र उपमेयरलाई मुढा चिन्ह

थम्मन थापा
बागलुङ । आगमी वैशाख ३० गते देशभर स्थानिय तह निर्वाचन हुँदै छ । चुनाव नजिकिंदै गर्दा दलहरुले चुनावी सरगर्मी बढाएका छन । चुनावी मैदानमा सत्तारुढ गठबन्धन, नेकपा एमाले सहित अन्य दलहरु उत्रिएका छन । गठबन्धनमा पार्टीले आफु खुसी टिकट बाँडेको भन्दै देशका विभिन्न पालिकामा वागी उम्मेदवारले समेत स्वतन्त्रमा मनोनयन दर्ता गरेका छन । केहि उम्मेदवारले हिजो मनोनयन फिर्ता गर्ने समय तालिका अनुरुप उम्मेदवारी फिर्ता गरेका छन ।

गलकोट नगरपालिकामा सत्तारुढ गठबन्धनबाट नै नगर प्रमुख ९मेयर० र नगर उपप्रमुख (उपमेयर) पदमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका दुवै जनाले चुनाव चिन्ह मुढा पाएका छन् । गलकोट नगर प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र नगर उपप्रमुख पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता तिलक उप्रेतीले मुढा चिन्ह रोजेका हुन् । गलकोटमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता भरत शर्मा गैरे प्रमुख र नेकपा माओवादी केन्द्रका नेता फमलाल न्यूरे उपप्रमुखका उम्मेदवार छन् भनें राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्मर बहादुर केसीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन ।

गलकोट नगर प्रमुखमै स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्र साहानीले गुलावको फुल चिन्ह पाएको निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले बताए । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले शनिबार स्वतन्त्र उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । चुनाव चिन्ह प्राप्त गरेसँगै आफनो पक्षमा जनमत सिर्जना गर्न उम्मेदवारहरु आ आफनै तयारीमा जुटेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार