भगवतीमा माओवादी केन्द्रका उम्मेदवार मत माग्दै मतदाताको घरदैलोमा

म्याग्दी । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायत पदका उम्मेदवारहरुले वडानम्वर २ राखु भगवतीमा शुक्रबार घरदैलो अभियान गरेका छन् । गाउपालिका अध्यक्षकी उम्मेदवार मिना विक, उपाध्यक्ष उम्मेदवार रिम कटुवाल र वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी लगायत उम्मेद्वाहरुले घरदैलो गर्नुभएको हो ।

राखु भगवतीमा वडा कमिटीको नेतृत्वमा उम्मेद्वारलाई जिताउने अभियान लिएर नेता तथा कार्यकर्ताहरुले गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा बनाउन र उम्मेदवारलाई चिनाउने अभियान लिएर घर–घरमा पुगेको वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।

उम्मेदवारसंगै घरदैलोमा हिडेको टोलीले प्रतिवद्धता पत्रको जानकारी र मतपत्रको चिन्हमा मतदान गर्ने तरिका मतदाताहरुलाई सिकाउनुभएको थियो । घरदैलो अभियानमा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार