भारतको न्यून चापीय रेखाको प्रभाव : शनिबारसम्म वर्षा

हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ।

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थान र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। त्यस्तै शुक्रबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार