रघुगंगा माओवादी केन्द्रका वि प्रसाद पुन,आत्मनिर्भरको अभियान लिएर वडा अध्यक्षको उम्मेदवार

म्याग्दी । रघुगंगा गाउँपालिका–४ दर्मिजाका वि प्रसाद पुन, लामो वैदेशिक रोजगार र शहरको बसाईबाट गाउँ फर्किएर कृषि उद्यम र गाउँको विकासमा क्रियाशिल हुनुहुन्छ । आर्थिक रुपमा बलियो बनेपछि शहर बजारमै बस्ने प्रचलनका बिच उहाँ विरलै व्यक्तिहरु मात्रै गाउँ फर्कनेहरुमा पर्नुहुन्छ । १८ बर्ष लामो वैदेशिक रोजगार र ६ बर्ष शहरी क्षेत्रको बसाईपछि चार बर्ष अघि देखि गाउँ फर्किएर बाँझो बसेको खेतवारीमा व्यवसायिक फलफुल र तरकारी खेति सुरु गर्नुभएका पुन, यस बिचमा गाउँको सामाजिक र विकास निर्माणका कार्यहरुमा निरन्तर क्रियाशिल हुनुभयो ।

उहाँको क्रियाशिलता यतिमा मात्रै रोकिएको छैन, सिंगो वडालाई नै विकासको मुलप्रवाहमा जोड्ने लक्ष्यका साथ वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार समेत बन्नुभएको छ । गाउँमा पुरानो घरलाई मर्मत गरी मौलिक पहिचान झल्कने गरि होमस्टे समेत सञ्चालन गर्नुभएका पुन, नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेपछि पुनको चर्चा थप चुलिएको छ ।

“गाउँ फर्क’’ अभियान लिएर गाउँलाई “दीर्घकालीन’’ रूपमा लाभ हुने “रूपरेखा’’ कोर्दै विगत ४ बर्ष यता उहाँले निरन्तर आफ्नो समय समाज र समाजमा नयाँ सन्देश दिने काममा खर्चनुभएको छ । यस बिचमा पुनले गाउँमा मोटर बाटो निर्माण तथा स्तरोन्नती, तातोपानी कुण्ड व्यवस्थापन, सिचाई आयोजना निर्माण, पर्यटन पर्यटन प्रवद्धन तथा पूर्वाधार निर्माण, तातोपानी कुण्डको झोलुङ्गे पुल निर्माण लगायतका योजनामा समय खर्चनुभयो ।

पुनकै अगुवाईमा शिव आधारभुत विद्यालयमो भवन निर्माण कार्य सम्पन्न भएको छ । वडा अध्यक्षका उम्मेदवार पुनले वडाभित्र रहेका दुई वटै विद्यालयको शैक्षिक गुणस्तर र सुधार र भौतिक पूर्वाधार निर्माण संगै दर्मिजाबाट दग्नाम अध्ययन गर्न आउने बालबालिकाहरुको सुविधाका लागि आवासिय सुविधा र यातायातको सुविधामध्ये उपयुक्त विकल्पलाई कार्यान्वयन गर्ने योजनालाई अघि सार्नुभएको छ ।

उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँदेखि दग्नाम–दर्मिजा सडकलाई स्तरोन्नती गर्ने, दुबै गाउँमा शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने प्रमुख एजेण्डा बनाउनुभएको छ । उहाँले जनतालाई आधुनिक सुचना प्रविधिसंग जोड्नका लागि वाईफाईको सुविधा उपलब्ध गराउने, दग्नाम र दर्मिजामा रहेका धार्मिक र पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माण र प्रवद्र्धन गरि पर्यटन विकास र कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिकरण मार्फत जनताको आयआर्जनको अवस्थामा सुधार गरि आत्मनिर्भरको बाटोमा लैजाने प्रतिबद्धता गर्नुभएको छ । “दर्मिजा“ गाउँ का सफल कार्यक्रम हरू लाई “दग्नाम’’ गाउँ मा पनि विस्तार गर्ने योजनाका साथ वडा अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएका पुनले “दर्मिजा र दग्नाम’’ का जनताको अपार माया, साथ सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार