अब एमालेको झुटको खेती टिक्दैन : महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाउनुभएको छ । ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ ।

व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ’ शुक्रबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै महरले भन्नुभयो । उहाँले अब एमालेको झुटको खेती नटिक्ने बताएका छन्। उनले काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउनुभएको छ ।

‘काँग्रेस जनताको पार्टी हो। हामीलाई सधैँ जनताको माझमा जानु छ। भ्रम छरेर एक पटक त चुनाव जितिएला। तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइदिने छन्’ उहाँले भन्नुभयो । नेता महरले दुई तिहाइको सरकार हाँकेका ओलीको कार्यकालमा भएको विकासको हिसाब जनताले खोज्ने बेला आएको बताउनुभयो । ‘स्थानीय निर्वाचनका उम्मेदवार र दलहरूलाई जवाफदेही बनाउनु पर्छ।

हामी हाम्रा प्रत्येक उम्मेदवारहरूलाई विकास र जनजीवनका सवालमा जवाफदेही बनाउने छौं’ महरले भन्नुभयो, ‘२०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमाले कांग्रेसले जितेका पालिकाको अवस्था हेर्दा काँग्रेसले जितेका स्थानीय तह निकै माथि रहेका छन्।’देश अप्ठ्यारोमा पर्दा काँग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सिर्जना गर्न महरको आग्रह छ। ‘देश शान्तिप्रक्रियामा काँग्रेसको नेतृत्वमा गयो। संविधान काँग्रेसकै नेतृत्वमा जारी भयो। संसद् विघटन हुनबाट काँग्रेसले नै जोगायो।

अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धको रक्षा काँग्रेसले नै गर्‍यो। विकास निर्माणका काम काँग्रेसले नै गर्छ। स्थानीय तहको निर्वाचन पनि काँग्रेसकै नेतृत्वमा हुन्छ। त्यसो भए एमालेलाई किन विजयी गराउने ?’ उहाँ भन्नुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमताले नै शान्तिपूर्ण रूपमा देश चुनावमा होमिएको महरको दाबी छ। यसले देउवा र काँग्रेसको मात्र नभएर विश्वमा नेपालकै छवि राम्रो हुने उहाँले बताउनुभयो । पछिल्लो समय देशले विकासको लय समातेको भन्दै महरले विदेशी सहयोग पनि बढ्दै गएको बताउनुभएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…