एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाउनुभयो ।

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएको विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेको छ ।

यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका…