विदेशी लगानीलाई निजी क्षेत्रले बाधक ठान्नु भएन : गभर्नर अधिकारी

काठमाडौँ । विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । विदेशी लगानी आउँदा हामी कमजोर हुन्छौं भन्ने धारणा निजी क्षेत्रमा पनि रहेकाले उनीहरुले त्यसलाई समस्याका रुपमा हेर्ने गरेको उहाँले आरोप लगाउनुभयो।

‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ को उत्पादन बढाउन विदेशी लगानीको अवसरु विषयक सत्रमा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताउनुभएको हो। विदेशी लगानीलाई निजी क्षेत्रले बाधक नभए साधकका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । विदेशी लगानीले पुँजीसँगै प्रविधि, व्यवस्थापकीय सीप, उत्कृष्ट कार्यशैली पनि आउने भएकाले स्वदेशी लगानीकर्ता र उत्पादनका लागि पनि लाभदायक हुने उहाँले बताउनुभयो ।

विदेशी लगानी भित्रिएकै कारण नेपालका केही संस्थाहरु पहिले भन्दा धेरै प्रतिस्पर्धी भएको उदाहरण दिँदै उहाँले थप्नुभयो, ‘विदेशी लगानीमा उत्पादन भएका वस्तु तथा सेवाहरुको गुणस्तरमा राम्रो देखिन्छ ।’ नेपालमा नीतिगत अस्थिरता रहनु पनि अपेक्षित रुपमा विदेशी लगानी आउन नसक्नुको एक कारण भएको अधिकारीले बताउनुभयो । ‘विदेशी लगानीकर्ताले निश्चित समयका लागि योजना बनाएर लगानी गर्न चाहन्छन्,’ उहाँले भन्नुभयो, ‘पटक पटक नीति परिवर्तन हुँदा विदेशी लगानीकर्ताको कार्ययोजना नै प्रभावित हुन्छ ।’

विदेशी लगानीकर्ताका लागि नेपालमा थुप्रै प्रक्रियागत झन्झट रहेकाले त्यसमा राज्यस्तरबाट सहजीकरण गरिदिनुपर्ने उहाँले बताउनुभयो । विदेशी लगानीको प्रवर्द्धन विशिष्टीकृत सेवा भएकाले सामान्य संस्थाले त्यो काम गर्न नसक्ने उहाँले बताउनुभयो । विदेशी लगानीको नाममा केही विकृति भित्रिन थालेकाले त्यस्ता लगानी निरुत्साहित गर्नुपर्ने गभर्नर अधिकारीले बताउनुभयो । ‘नेपालकै वित्तीय स्रोतबाट स्थापना भइ राम्रोसँग सञ्चालन भइरहेका उद्योग व्यवसायको सेयर स्वामित्व विदेशमा रहेका आफ्नै परिवारको नाममा स्थानान्तरण गरेर विदेशी लगानी भित्र्याइएको देखाइने गरेको छ,’ उहाँले भन्नुभयो, ‘वास्तवमा त्यो विदेशी लगानी होइन । त्यो प्रक्रियामार्फत धेरै पुँजी बाहिरिएको छ ।’ यसकारण त्यस्ता गतिविधि सबै मिलेर निरुत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…