
हिलाम्मे सडकमा धान रोपाइँ !
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो ।
निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मी लगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झण्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो । सार्वजानिक तथा निजी सवारी साधनमा राखेको झन्डा तथा सार्वजानिक घर विद्युतको पोल लगायत स्थानमा राखेको झन्डा हटाइएको छ ।
निर्वाचन आचारसंहितामा सार्वजानिक ठाँउमा झन्डा, पोष्टर निर्वाचन चिन्ह टास्न राख्न नपाउने व्यवस्था भएकाले सुरक्षाकर्मी परिचालन गरेर हटाउन थालिएको जिल्ला मुख्य निर्वाचन अधिकृत विकास शर्मा रिजालले जानकारी दिनुभयो । जिल्लामा क्रियाशील दलहरूसँग बसेर निर्वाचन आचारसंहितासम्बन्धी छलफल समेत गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
पटकपटक निर्वाचन आचारसंहिता पालना गर्न राजनितिक दलहरूलाई ताकेता गरे पनि कार्यान्वयन नभएको आयोगले जनाएको छ । बजार क्षेत्र लगायतका सार्वजानिक स्थानमा राखिएको झन्डा ब्यानर हटाएको छ । यस्तै, सार्वजानिक तथा निजी गाडीमा राखेको झन्डासमेत प्रहरीले निकाल्न लगाएको छ । यसअघि बैठकमा निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूले प्रतिबद्धता जनाएका थिए ।
सिन्धुपाल्चोक जिल्लामा दलहरूले सार्वजनिक स्थलमा चुनाव चिह्न प्रदर्शन, झन्डाको तोरण प्रदर्शन, चुनाव चिन्हको भित्तेलेखन नियमानुसारभन्दा धेरै सवारीसाधन प्रयोग सिन्धुपाल्चोकका प्रमुख आचारसंहिता उल्लङ्घनका क्रियाकलाप हुन् । सिन्धुपाल्चोकमा यसअघि विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको थियो । रातोपाटीबाट
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…