अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौँ । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ ।

४३३ स्थानीय तहमध्ये हालसम्म काँग्रेसले १९८, नेकपा एमालेले १२०,माओवादी केन्द्रले ८७, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र स्वतन्त्र गरी ३० रहेका छन् । वैशाख ३० मा निर्वाचन भएका कतिपय स्थानमा मतगणना भर्खर मात्र सुरु भएको छ भने कतिपयमा वैशाख ३० पछि पनि निर्वाचन भएको छ । जसले गर्दा पनि नतिजा आउन ढिलाइ भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार