अन्तरघातले चुनाव हारियो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताउनुभएको छ ।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताउनुभएको हो ‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भन्नुभयो, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।’

वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। एमाले यसपालि दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयररअध्यक्ष जितेको छ।चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिनुभएको हो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार