अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् ।
दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल (भुरुङ्ग तातोपानी) र मिठु विक (घार खिवाङ) निर्विरोध हुनुभएको निर्वाचन अधिकुतको कार्यलयले जनएको छ । महिला कार्यपालिकाको सदस्यमा गेमाया पुन (राम्चे नागी), बिष्णु कुमारी गर्बुजा (भुरुङ्ग तातोपानी) र आशा गुरुङ्ग (दाना) निर्विरोध हुनुभएको छ ।

निर्विरोध निर्वाचित कार्यपालिकाका सदस्यहरुलाई मंगलबार प्रमाणपत्र र सपथ ग्रहण गरइने गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताउनु भयो । अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्ष ८ मध्य पाँच वटा वडा अध्यक्ष सहित ३० जना जनप्रतिनिधी नेकपा एमाले विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार