अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको  अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षमा निर्वाचित तिलिजाले ७०६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्दी एमालेका बिसन राना पुनले ६११ मत प्राप्त गर्नुभएको छ । तिलिजा ०७४को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ मा खसेकाे कुलमत १३८० गणना गर्दा
गाउँ पालिका अध्यक्ष :
सुर्य -५९१
रुख-७२४
भाले -७
उपाअध्यक्ष :
सुर्य-७०४
रुख-६३४
भाले -४
वडा अध्यक्ष :
सुर्य -६११
रुख -७०६
भाले -७
महिला सदस्य :
सुर्य -६००
रुख -६९१
दलित महिला सदस्य :
सुर्य -५७७
रुख -६४८
वडा सदस्य एउटा चिन्ह:
सुर्य-५२६
गठबन्धन -६६६
वडा सदस्य दुईवटा चिन्ह :
सुर्य -५६८
गठबन्धन-५९२

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार