अफगानिस्तानमा एकैदिन चार विस्फोट

काठमाडौं । अफगानिस्तानमा बुधबार एक मिनिबस र मस्जिदमा भएको चार विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार–ए–शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् । बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मजार-ए-शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ । रोयटर्सका अनुसार मस्जिदभित्र पंखामा बम राखिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार