अमेरिकाकी उप–राष्ट्रपतिले तारिफ गरेपछि प्रबल गुरुङले भने, ‘नेपालको गहुँगोरो केटाले यसरी सपना पूरा होला भनेर सोचेकै थिएन’

काठमाडौँ । अमेरिकाकी वर्तमान उप–राष्ट्रपति कमला ह्यारिसले नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङलाई निकै रुचाउने गर्नुभहृन्छ । यो यसकारण पनि पुष्टि हुन्छ कि उहाँले आफ्नो सपथ ग्रहण कार्यक्रममा प्रबलकै डिजाइन लगाउनुभएको थियो । यतिबेला प्रबल विशेष चर्चामा पनि रहन्भएको थियो ।

प्रबलको ह्वाइट हाउससँगको नाता कमला ह्यारिस अघि पनि थियो । बराक ओबामा र मिशेल ओबामा ह्वाइट हाउसमा राष्ट्रपति र फर्स्ट लेडीको रुपमा प्रवेश गरेसँगै प्रबल गुरुङ पनि ह्वाइट हाउसमा प्रवेश गर्नुभयो । मिशेललाई थुप्रै कार्यक्रममा प्रबलका उत्कृष्ट डिजाइनमा देखियो ।यसैबीच ह्वाइट हाउसले मंगलबार राती रोज गार्डेनमा एसियन–अमेरिकनका लागि रिसेप्सनको आयोजना गर्यो । त्यहाँ प्रबलको पनि उपस्थिति रह्यो । सो अवसरमा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसले आगन्तुकसँग भेट पनि गर्नुभयो ।

यसै भेटको केही क्लिप प्रबलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गर्नुभएको छ । उपराष्ट्रपति ह्यारिसले प्रबललाई निकै उत्साहका साथ भेटेको प्रबलले सेयर गरेको भिडियोमा देख्न सकिन्छ । दुईवटा फोटो र दुईवटा भिडियोसहितको प्रबलको पोस्टमा उनले कमला ह्यारिसप्रति निकै सम्मान प्रकट गर्नुभयो । उहाँले कमलालाई सम्भावनाको स्रोतसमेत भन्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘लेडिज एन्ड जेन्टलमेन, म्याडम भाइस प्रेसिडन्ट अफ युनाइटेड स्टेट्स अफ अमेरिका । म उहाँको ठूलो प्रशंसक हुँ र उहाँलाई ठूलो सम्मान र माया गर्छु । उहाँ हामीजस्ता लागि सम्भावनाको स्रोत हुनुहुन्छ ।’उहाँले थप्नुभएको छ, ‘म्याडम तपाईंको दयालु शब्दहरु, माया र समर्थनका लागि धेरै धेरै धन्यवाद । तपाईंले मलाई राम्रो महसुस गराउनुभयो । असाध्यै राम्रो ।’अन्त्यमा उहाँले भन्नुभयो, ‘नेपालको गहुँगोरो वर्णको केटाले यसरी आफ्नो सपना पूरा होला भनेर कहिल्यै पनि सोचेको थिएन । यसका लागि अत्यन्त आभारी छु ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार