आगलागिमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क जंगलमा लागेको आगलागिमा परी ज्यान गुमाएका आफन्तलाई म्याग्दी समाज मुन्दुबेराबाट आर्थिक सहयोग प्राप्त भएको छ । २४ फागुनमा घर नजिकै रहेको जंगलमा लागेको आगो निभाउने क्रममा मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको थियो भने उहाँका भाई मनबहादुर बोहराको उपचारको क्रममा काठमाडौं स्थित किर्तिपुर हस्पिटलमा मृत्यु भएको थियो । म्याग्दीलीहरुले संकलन गरेको एक लाख २१ हजार रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकम रुन्मा घर भई हाल अष्टे«लियामा रहनुहुने समाजसेवी बेलनारायण पुन,नवसिर्जना युवा क्लबका उपाध्यक्ष लगायतले मृतकका बुबाआमालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको दमप्रकाश बस्यालले जानकारी दिनुभयो । मुन्दुरामा सरला किसानको संयोजकत्व ,भरत खत्री र होम पुन सदस्यहरुको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । आर्थिक अवस्था नाजुक भएका कारण मृतकका आफन्तलाई राहत मिलोस् भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम संकलन गरिरहेको मृतकका भेनाजी बस्यालले बताउनुभयो । उहाँले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार