आचारसंहिता उल्लंघन गर्ने मेयरविरुद्ध उजुरी

बुटवल । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ। स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी प्रचारमा हिँडेको र आयोगलाई नै कारबाही गर्न चुनौती दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो।

एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले पटक पटक निर्वाचन आचार संहित विपरित चुनावी प्रचारमा हिँडेपछि सोमबार तिलोत्तमाका एक स्थानीयले उनी बिरुद्ध उजुरी दिएका हुन।

आइतबार उम्मेदवार सहितको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगलाई कारबाही गर्न चुनौती समेत दिएका थिए। तिलोत्तमा नगरपालिका ११ निवासी प्रदीप थापाले घिमिरेलाई कारबाही गर्न माग गर्दै तत्काल पदबाट राजीनामा दिन माग सहित तिलोत्तमा स्थित निर्वाचन कार्यालयमा उजुरी दिएका हुन्।

उजुरीमा स्थानीय तहको निर्वाचनमा कुनै पनि सार्वजनिक पद, ओहदामा बसेको व्यक्ति या कर्मचारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाईने भन्ने कुरा निर्वाचन ऐन तथा निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३को दफा ६ (ञ) मा रहेपनि घिमिरेले त्यस विपरीत चुनाबी प्रचारमा हिडेकाले कारबाहीका लागि माग गरेका छन्।

जनताको काम छाडेर पदबाट राजीनामा नदिई एमालेका उम्मेदवारको चुनावमा हिडेको भन्दै नगरबासीले सुरुदेखि नै मेयर घिमिरे प्रति गुनासो गर्दै आइरहेका छन्। तर मेयर घिमिरेले भने न नगरबासीको गुनासो सुनेका छन न निर्वाचन आचार संहिताको पालना गरेका छन्।बरु घिमिरेले अझैपनि आफू मेयर पदमै रहेकाले आफूले चाहेका कुराहरू नगरपालिकाबाट भटाभट निर्णय गराउन सक्ने र त्यसो गर्नलाइ कसैले रोक्न नसक्ने भन्दै पत्रकार सम्मेलन नै गरेर सक्तिको दम्भ प्रस्तुत गरिरहेका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार