आमा–बुवा, काका–काकी र मामामाइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले

धनुषा । आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ।

धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो। जहाज दुर्घटनामा ज्यान गुमाएका राजनकुमार गोले राजनीति गर्नुभहुन्थ्यो । मिथिलाका मेयर महेन्द्र महतोले आफू र राजकुमार साथी भएको बताउनुभयो। दुर्घटनाको खबरपछि उहाँ अहिले गोलेको घर पुग्नुभएको छ ।

लामो समय नेकपा एमालेको राजनीति गरेका गोले एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लाग्नुभयो।एकीकृत समाजवादी उहाँ अहिले मधेस प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजकुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाउनुभउको थियो ।

बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उहाँसँगै मुक्तिनाथ जाने हुनुभयो । गाउँमा उहाँहरूको घर सँगसँगै छ।शुक्रबार धनुषाबाट काठमाडौं आएका उहाँहरू शनिबार पोखरा पुग्नुभएको थियो। जहाज दुर्घटनाको खबरले गाउँ नै स्तब्ध छ।‘अब उहाँहरूको शव ल्याउन र परिवारलाई अरू कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे हामी छलफल गर्दैछौं,’ मेयर महतोले भन्नुभयो । राजकुमारका श्रीमती र दुई छोराछोरी छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार