आयोगको आचारसंहिताले ज्येष्ठ नागरिक र अशक्त मतदातालाई समस्या

काठमाडौँ । निर्वाचन आयोगले ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग नछुट्याउँदा समस्या भएको ज्येष्ठ नागरिक केन्द्र दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले बताउनुभएको छ । मतदातालाई पार्टीले ओसारपसार गरेमा आचारसंहिता उल्लङ्घन ठहर हुने भनेर उल्लेख गरेपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ र अशक्त नागरिक परेका हुन् ।

उहाँ भन्नुहुन्छ, ‘निर्वाचन आयोगले आचारसंहिता बनाउँदा ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग छुट्याएर उनीहरूको ओसारपसारमा पार्टी वा नेतालाई बन्देज गर्न हुँदैनथ्यो । चुनावको दिन सार्वजनिक बिदा हुन्छ, अन्य यातायात चल्दैन । वृद्धहरूलाई मतदानमा सहजीकरण गर्न चुनौती छ ।’ कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सवारी साधन प्रयोग गरेर मतदातालाई ओसारपसार गर्न नपाइने आचारसंहिता लागू गर्ने

र ज्येष्ठ नागरिक, अशक्त मतदाताको वर्ग पनि नछुट्याइदिएकाले उनीहरूलाई समस्या भएको उहाँको भनाइ छ । सवारी साधन प्रयोग गर्ने स्थिति छैन । घरपरिवार र आफन्तको सहयोग बाहेक ज्येष्ठ नागरिकको लागि अन्य सुविधा छैन । उनीहरूको आवतजावतको लागि केही गर्न नसके पनि मतदानस्थलमा भने सहजीकरण गरिएको बताउनुभयो । भन्नुहुन्छ, ‘दिउँसो घामले समस्या हुन्छ बिहान ८ बजेदेखि ज्येष्ठ नागरिकलाई मतदान गर्ने पहिलो पङ्क्तिमा राख्ने व्यवस्था गर्न अपिल गरेका छौँ ।’

देशभर ज्येष्ठ नागरिक पहिलो प्राथमिकता राख्ने भनिएको छ । मौसमविद्हरूले निर्वाचनको दिन पानी पर्ने र हावाहुरी लाग्ने सम्भावना रहेकाले सचेत हुन भनेको छ । त्यसको लागि आवश्यक तयारी छैन ज्येष्ठ नागरिकहरू समस्या पर्ने हुन् कि भन्ने चिन्ता भएको उहाँले बताउनुभयो । सामाजिक सेवाको रूपमा ज्येष्ठ नागरिक र अशक्तहरूलाई सहजीकरण गर्दिने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्ने पाण्डेको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार