आरजुलाई ओलीको जवाफ : पैसा नदिन माइतबाट ल्याएको दाइजो हो ?

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस नेत्री आरजु देउवाले दिएको अभिव्यक्तिको आलोचना गर्नुएको छ । उहाँले काँग्रेसलाई भोट नहाले एक पैसा पनि बजेट नदिने भनेर दिएको अभिव्यक्तिको आलोचना गर्नुभएको हो।

बजेट कसैको खल्तीको नभएको भन्दै ओलीले राज्यको ढुकुटीको पैसामा मनपरी नगर्न चेतावनी दिनुभयो । सोमबार पोखरामा आयोजित आमसभामा ओलीले कटाक्ष गर्दै भन्नुभयो, ‘पैसा नदिने के माइतबाट ल्याएको दाइजो हो ? बाउबाट आएको अंश हो रु’ओलीले काँग्रेसको नीति २–४ जनालाई मलेसिया पठाइदिने रहेछ भन्दै कटाक्ष पनि गर्नुभयो ।

केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले २–४ जनालाई सित्तैमा मलेसिया पठाइदिन सकिन्छ भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ‘काँग्रेसको नीति मलेसिया पठाइदिने रहेछ । भित्रभित्रै आफ्नै मेनपावर पनि होला’, उहाँले कटाक्ष गर्नुभयो, ‘मलेसिया सलेसिया होइन, हामी देशभित्रै रोजगारी र तालिम दिन्छौँ । रोजगारी दिनेमात्रै होइन उद्यमी र व्यवसायीकरणमा पनि जोड दिन्छौँ । उहाँले काँग्रेस र एमालेको भिन्नता २ कक्षा पढ्ने बालकले पनि गरिदिने भन्दै यो चुनावबाट एमालेको पक्षमा लहर आउने दाबी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार