उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राई निर्वाचित

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित हुनुभएको छ । उहाँले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाउनुभयो । यसअघि ०७४ सालमा लिम्चुङबुङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकी रमिला राई निर्वाचित हुनुभएको थियो । अनलाइनबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार