एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । बजेटबारे छलफल गर्न सोमबार ११ बजेपछि बस्नेगरी बैठक बोलाएको सो पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट विनियोजन गरेका थिए । सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा बजेटबारे समीक्षा गर्ने नेता श्रेष्ठको भनाइ छ । सरकारले पेश गरेको बजेटमाथि मंगलबार र बुधबार संसदमा छलफल हुँदैछ । संसदका दुवै सदनबाट पारित भएपछि मात्रै बजेट कार्यान्वयनमा जान्छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार