एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गर्नुभएको छ । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नैपर्थ्यो । ढिलै भए पनि विवेकले काम गर्‍यो । राम्रो गर्‍यो,’ उहाँले लेख्नुभयो ।

एमालेले यसैगरी विवेक प्रयोग गरे वाम आन्दोलनको पनि हित हुने उहाँले बताउनुभयो । देश, जनता र वाम आन्दोलनको हित सोच्न पनि उहाँको आग्रह छ । नेता श्रेष्ठ लेख्नुहुन्छ, ‘एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ । सोचौं ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार