एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो ।

वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको एमाले लमजुङका सचिव सुभाष पौडेलले बताउनुभयो।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही गर्ने निर्णय गरेको हो । प्रस्तावक र समर्थकलाई तीन महिनाका लागि निलम्बन गरेको बताउनुभयो । पार्टीको निर्णयलाई अटेरी गरी निर्णय उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार