ओलीलाई भोट माग्ने नैतिक आधार छैन : थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने आधारसमेत नरहेको बताउनुभएको छ । ओलीले सरकार सञ्चालन गर्न नसकेर समय खेर फालेको पनि उहाँले बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भोट माग्नुअघि कम्युनिष्ट पार्टीहरूले यतिका समय खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने बताउनुभएको थियो ।

‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ।’थापाले अबको पाँच वर्ष जनताले कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार