कम्प्युटरबाट गरिएको शिलान्याशको ढुंगा कहाँनिर छ, खै मलाई देखाइदिनुस् त : डा.रिजाल

काठमाडौँ । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गर्नुभएको छ । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाउनुभयो ।

बजेटमा विपक्षी नेताहरुले रेलको कुरा गरेको र विना योजना, विना तयारी लहटमा केन्द्रबाट कम्प्युटरबाट गरिएको सडकको शिलान्यासको विषयमा समेत प्रश्न उठाएको भन्दै रिजालले त्यस्तो कम्प्युटरले शिलान्यासको ढुंगा आफूलाई देखाइदिन समेत चुनौती दिनुभयो । तपाईका नेताले कम्प्युटरबाट गरेका ढुङ्गे शिलान्याशको ढुंगा खै कहाँनिर छ, मलाई देखाइदिनुहोस् अनि म पनि रेलको कुरा समेटौँला, अर्थमन्त्रलीलाई बजेटमा राख्न सुझाव दिउँला’ रिजालले प्रतिप्रश्न गर्नुभयो, ‘आफ्ना नेताले गरेका चाहिँ नराम्रा कुरा पनि सबै राम्रा रु पहिला आफ्नो धरातल हेरौं’ उहाँले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार