कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : पौडेल

काठमाडाँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले भएको बताउनुभयो । उहाँले माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभयो ।

चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभामा बोलेका पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ।कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उहाँले भन्नुभयो, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’

उहाँले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलले बताउनुभयो । गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उहाँले बताउनुभएको थियो । गठबन्धनकै कारण राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि कांग्रेसलाई फाइदा पुगेको उहाँले बताउनुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार