कांग्रेसले बनाएको नीतिको ब्याज र साउँ खाने पार्टी एमालेः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाउनुभएको हो ।

प्रवक्ता महतले नेपाली कांग्रेसले बनाएको नीतिको साउँ र ब्याज खाने पार्टी भएको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीको चर्को आलोचना गर्नुभएको छ । ‘झूठो आरोपको पुलिन्दा ओलीले लगाउनु भएको छ । कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जतातै निजी उद्योग फस्टायो,’ उहाँले भन्नुभयो, ‘उहाँले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएको उदाहरण दिनुहुन्छ । तर, त्यहाँ मुटुरोग अस्पताल बनेको बिर्सिनु भयो ।’

उहाँले देशमा हिंसात्मक द्वन्द्व नभएको भए विकासको फड्को मारिसक्ने भन्दै स्थानीय तहको स्वायत्तताको अवधारणा ल्याउने पार्टी पनि कांग्रेस नै भएको दावी गर्नुभयो । ‘नेपालको आर्थिक अवस्था नै कांग्रेसले खडा गरेको हो । भ्याट लागु गरेर प्रशस्त राजश्व उठाउने कांग्रेस नै हो,’ उहाँले भन्नुभयो, ‘उद्यम, शिक्षा, पूर्वाधारको क्षेत्रामा अग्रणी भूमिका खेलेर कांग्रेसले २ प्रतिशतबाट आर्थिक वृद्धिदर ७ पु¥यायो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार