कारागारमा निधन प्रकरण छानविन गर्न संसदीय समिति बनाउन माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको छ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताउनुभयो । उहाँले केही दिनअघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानविन गर्नुपर्ने बताउनुभयो।

उहाँले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गर्नुभयो । सांसद विशंखेले घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयो । उहाँले सो घटनाको छानविनका लागि संसदीय छानविन समितिको साथसाथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानविन समिति गठन गर्नुपर्ने बताउनुभयो। nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार