किन मत कम आयो अचम्म लागिरहेको छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले अझै धेरै मत गन्न बाँकी रहेकाले जित्नेमा आफू आशावादी रहेको बताउनुभएको छ । भर्खर ६० हजार मत गणना भएकोमा आफूहरूले कतिपय वडाहरू जित्न थालेको उहाँले बताउनुभएको हो ।

उहाँले सबै ठाउँमा नराम्रो नभए पनि सोचेभन्दा केही मत कम आएको भने स्वीकार गरिन् । उहाँले भन्नुभयो, ‘हामीलाई पनि अचम्म लागिरहेको छ । तर सबैतिर नराम्रो छैन । अहिले नै भन्न हतारो होला । यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्छौँ ।’रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार