किरण टीमबाट बाहिरिनुको कारण प्रष्ट पारियोस्ः नेम्वाङ

काठमाडौँ । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलाई प्रशिक्षकले टिममा नराख्नुको कारण प्रस्ट पार्न एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले राष्ट्रिय टोलीका टिम म्यानेजर मधुसुधन उपाध्यायलाई किरणलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिममा नराख्नुको कारण प्रस्ट पार्न चुनौती दिनुभएको हो ।

‘नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ टिमबाट बाहिरिनुपर्ने कारण के छरु टिम मेनेजरले प्रष्ट पारिदिनुपर्यो,’ उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ । खेलाडी–प्रशिक्षक विवादको विषयमा किरणले खेलाडीको पक्ष लिँदा अल्मुताइरीले कप्तान र उपकप्तान रहित टिम घोषणा गर्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार