कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैन : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताउनुभएको छ ।

‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभएको छ, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उहाँले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाउनुभएको छ ।

‘अहिलेसम्म केही स्थानमा छिटफुट घटनाबाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उहाँले भन्नुभयो ।आज एकसाथ देशका सबै ७५३ ओटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्ने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार