खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना स्थगित

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो ।

कृष्णपुर ९ मा १ हजार ९१४ मत खसेको थियो । गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताउनुभयो । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार