खुकुरी प्रहार गरी बुवा र आमाको हत्या

काठमाडौँ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ मा आमा र बुवालाई छोराले हत्या गरेका छन् । बिहीबार साँझ ५ बजेतिर ७० वर्षीय बिर्खबहादुर लिम्बु र ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहारबाट हत्या भएको थियो ।

मदिरा पिएर फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा घर भएका मृतकका छोरा २५ वर्षीय आइतराज लिम्बुले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ताप्लेजुङका डिएसपी कैलाश राईले बताउनुभयो ।आइतबार लिम्बुलाई प्रहरीले हत्यामा प्रयोग गरेको खुकुरीसहित पक्राउ गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार