गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित हुनुभएको छ । बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहनुभएका कलवालले गाउँपालिका अध्यक्ष जित्नुभएको हो । अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याउनुभएको छ ।

कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गर्नुभएको हो । अजय कुमारले ३ हजार ६ सय २६ मत ल्याउनुभएको छ । वशिष्ठकुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुनुहुन्छ । ‘दिनेशजीले मेरो भतिजो युवा छ। पार्टीमा क्रियाशील छ। उसैलाई उठाउने हो भने जित्छ भन्नुभयो। उहाँकै आग्रहमा टिकट दिएको हो,’ जसपा सांसद प्रदीप यादवले भन्नुभयो,’२१ वर्ष २ महिना मात्रै पुगेका युवाले चुनाव जितेका छन्।

यसले हामीलाई उत्साही बनाएको छ।’ २०७४ मा यो पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष जित्नुभएको थियो । तत्कालिन संघीय समाजवादी फोरम(अहिलेको जसपा)ले उपाध्यक्ष जितेको थियो । अध्यक्ष नाथुनीप्रसादको कोरोनाका कारण निधन भएको थियो। यसअघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जित्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार