गोकर्णेश्वरको मेयरमा कांग्रेसका रिसाल विजयी

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । मेयरमा दीपक कुमार रिसालले ९ हजार ६९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव विष्टले ८ हजार ५०४ मत पाउनुभयो । नेकपा माओवादी केन्द्रका गोपाल प्रसाद बरालले १ हजार ८४१ मत पाउनुभयो ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सान्नानी लामा निर्वाचित हुनुभयो । उहाँ ८ हजार ८०४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँसँग नेपाली कांग्रेसकी उम्मेदवार एवम् निवर्तमान उपमेयर शान्ति नेपाललाई १९५ मतले पछि पर्नुभयो । शान्ति नेपालले ८ हजार ६०९ मत पाउनुभएको छ । नेकपा माओवादी केन्द्रको उम्मेदवार पेमा छिरी शेर्पाको पक्षमा २ हजार ७०१ मत परेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोकर्णेश्वरको मेयर र उपमेयर दुवै पद जितेको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार