चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी हुनुभएको हो ।

अध्यक्ष स्वतन्त्रबाट उठ्नुभएका शाहीले १ हजार ५२३ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाउनुभयो । उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २६३ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाउनुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार