चुनावमा हारेका खड्के दर्जीलाई बधाई !

चन्द्रप्रकाश बानियाँ

म्याग्दी ।   चुनाव जितेका कसैलाई बधाई दिइएन । बरु हारेको उमेदवारलाई बधाई दिन मनलाग्यो !
मेरो गाउँ, बेनी नगरपालिका–५, पुला

सिङ्गो पुलामा दलितहरुको आवादी ३५ प्रतिशत छ । चुनाव नजिते पनि निर्वाचनको बेलामा दलित समुदायको मान्छेले फाटफुट्ट चुनावी प्रतिश्पर्धामा उभिने चेष्टा गर्छ । पुलामा उपप्रधानपञ्चको पदमा दलित समुदायबाट चुनाव लड्ने पहिलो व्यक्ती काका डम्मरसिंह विश्वकर्मा (हल्ले कामी) थिए ।

न उतिबेला हल्ले काकाले दलितको समर्थन पाए, न त्यसपछी आजसम्म दलितको साथ कसैले पाउन सकेको छ । यसपटक खड्गबहादुर दर्जीको हालत पनि पाँचदशक अघिका डम्मरसिंको जस्तै भयो ।

बरु त्रीपक्षीय भिडन्तमा उतिबेला हल्ले काकालाई सम्मानजनक मत परेको थियो । यसपटक त्यस्तो पनि देखिएन । अनि कसरी दलित समाजमा सुधार आयो, चेतनशील बन्यो भन्नू रु.११ घर राम्रो बनाएर वा जिउमा सुकिलो कपडा पैरेर के गर्नु, मनको बत्ती बले पो काम लाग्छ, स्वाभिमान जागे पो अर्थ राख्छ ।

मतका हिसबले पुलामा दलित समुदाय आफै चुनाब जित्ने हैसियत राख्छ तर दलितलाई होइन, विस्टहरुलाई मत दिएर जिताउने र आफू बाजा बजाएर रमाउने अवस्थामा परिवर्तन आएको छैन ।कता छ दलित आत्मरक्षा अभियान ? दलित समुदायमा पहिचान र स्वाभिमानको पाठ कसले पढाउने डा.मित्र परियार जी ?

जे होस, विष्टहरुले त दलितलाई नेता मान्ने कुरै भएन, दलितहरुमा पनि आफ्नो मतको महत्व बुझ्ने चेतना छैन तापनि वडाध्यक्षको प्रतिष्पर्धामा उत्रने क, खड्ग दर्जीको हिम्मतलाई लाखौंलाख सलाम ।आफ्नो मत बेचेर रक्सीमा उडाउनुभन्दा निर्वाचनमा धरौटी गुमाउनु हजारगुणा गौरव गर्न सकिने विषय हो । फेरि एकपटक खडग दर्जीलाई सलाम !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार