चुनावी मैदानमा होमिएका २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार श्यामबहादुर बुढाथोकी

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा कांग्रेसले श्यामबहादुर बुढाथोकीलाई उम्मेद्वार बनाएको छ । २५ बर्षिय वडा अध्यक्षका उम्मेद्वार बुढाथोकी मैदानमा होमिनुभएको छ । चुनावको मिति नजिकिएसंगै घरदैलो र आमसभाका कार्यक्रमहरुमा सहभागि हुन उहाँलाई भ्याइनभ्याई भएको छ । चार बर्ष सम्म सोही वडाको अमरज्योती माविमा विज्ञान र गणित बिषयमा अध्यापन गराउनुभएका श्यामबहादुरले गाउँको विकास र समाज परिवर्तनका लागि आफु राजनितिमा आएको बताउनुहुन्छ ।

आफुलाई वडा अध्यक्षका लागि योग्य र सक्षम देखेर पार्टीले चुनावी मैदानमा उतारेको उहाँको भनाई छ । वडा अध्यक्षका उम्मेद्वार बुढाथोकीले वडाको विकास र समाज परिवर्तनका घोषणापत्र बोकेर दैनिक मतदाताको घरदैलोमा पुगेर आफ्ना योजनाहरु सुनाउँदै भोट दिन आग्रह गरिरहनुभएको छ । आफु निर्वाचित भए निस्पक्ष र दत्तचित्त भएर वडाबासीको सेवा गर्ने उहाँको भनाई छ । श्यामबहादुरले वडाको समग्र विकास ,समाज परिवर्तन र सुशासन कायम गर्ने अठोट लिनुभएको छ ।

सबैखाले सामाजिक विभेद अन्त्य गर्न आफु लागिपर्ने उद्घोष समेत गर्नुभएका बुढाथोकीले विज्ञान बिषयमा स्नातक र CA CAP-II पास गर्नुभएको छ । जनताको आवश्यकता ,माग ,समस्या बुझेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘शिक्षण पेशालाई त्यागेर वडाको विकास ,सुशासन र समाज परिवर्तनको योजना सहित चुनावी मैदानमा होमिको हुँ,’ आइतबार किटिनीमा आयोजित चुनावी सभामा आफ्ना योजना सुनाउँदै उहाँले भन्नुभयो ,‘व्यक्तीगत स्वार्थबाट माथि उठेर वडाबासीको सेवा ,वडाको विकास र सुशासन कायम गर्ने योजनालाई यहाँहरुले साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

उहाँले सडक स्तरोन्नती गरी बाह्रै महिना संचालन गर्ने ,शिक्षालाई गुणस्तरीय बनाउने ,कृषिमा आधुनिकीकरण,सबै घरमा स्वच्छ खानेपानी पु¥याउने ,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने ,युवा स्वरोजगार कार्यक्रम,वडा भित्र रहेका ढुंगा खानीलाई बैधानिक रुपमा संचालन गरी युवाहरुलाई रोजगारी प्रदान गर्ने ,वडाबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने ,पुख्र्यौली पेशालाई संरक्षण,कला संस्कृतीको संरक्षण ,सबैखाले सामाजिक विभेद हटाउने ,पर्यटन प्रवद्र्धन लगायत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार