जनता मावि दग्नाममा बार्षिक परिक्षा नतिजा प्रकाशन

धनिलाल गर्बुजा

दग्नाम । रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको जनता माध्यामिक विद्यालयको बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको छ । आइतबार एक कार्यक्रम बिच जनता माध्यामिक विद्यालय दग्नामले बाल कक्षा देखी ९ कक्षा सम्मको बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको हो ।

विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित बर्षिक परिक्षाको नतिजामा पहिलो, दोस्रो, तेस्रो र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरु लाई विद्यालयले अविर लगाई उज्वल भविष्यको कामना सहित पुरस्कार स्वरुप कापी कलम र चकलेट बितरण गरेको थियो । सबै भन्दा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरु, बाल कक्षाका मिराज गर्बुजाले ९७%, कक्षा १ देखी ३ सम्मका जेनी गर्बुजा ९३%, कक्षा ४ देखी ५ सम्मका बेबिका गर्बुजा ९४%, कक्षा ६ देखी ७ सम्मका मिन्जा पुनले ६७%, अंक प्राप्त गरेका थिए ।

विद्यालयमा १५७ विद्यार्थी अध्ययनरत रहेको र बैशाखको महिना भित्रमा नयाँ भर्ना पहिलो प्राथमित्तामा रहेको प्रधानाध्यपक गुन पुनले जानकारी दिनु भयो । प्रअ पुन र शिक्षक अभिभावक संगका अध्यक्ष मेक बहादुर तिलिजाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु, बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थाप समितिका अध्यक्ष धनिलाल गर्बुजाको सभापतित्व, विव्यस सदस्य जित बहादु गर्बुजाको स्वागत र सह प्रअ खड्क गर्बु्जाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार