जनमत र सुशासन पार्टीका कार्यकर्ताद्वारा मूल्यवृद्धि विरुद्ध प्रदर्शन

रौतहट । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् ।

हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । प्रदर्शन कटहरिया ५ को कार्यालय अगाडिबाट सुरुमै बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार