जसले पहिला माओवादीबाट जितिन्, अहिले माओवादीलाई नै हराइन्

रौतहट । प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ । साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित हुनुभएको छ ।

उहाँले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार (माओवादी केन्द्र) रमप्रवेश साहले ३०६२ मत पाउनुभयो । रीनाकुमारी २०७४ सालको निर्वाचनमा माओवादीको तर्फबाट मेयर निर्वाचित हुनुभएको थियो । प्रभु साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नुभएको थियो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार