जिल्ला समन्वय समिति गठनका लागि एमालेको एकल बहुमत,प्रमुखमा थापाको दाबी

म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ । स्थानीय तहका प्रमुख र अध्यक्ष र उपप्रमुख रउपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि उमेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो ।

छ मध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि एकल बहुमत पुगेको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जानकारी दिनुभयो । सात मतदाता भएमा जिल्लाको जिसस गठनका लागि बहुमत पुग्छ । जिल्लामा एमालेबाट निर्वाचित अध्यक्षरउपाध्यक्ष र प्रमुखको संख्या सात छन् । बेनी नगरपालिकाको वडा नम्बर–१, रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित राजकुमार थापा जिल्ला समन्वय समितिको प्रमुखको दाबेदार देखिनुभएको छ। जिससको निर्वाचन कार्यतालिका सार्वजनिक नभएपनि नेकपा एमालेको तर्फबाट उससचिव समेत रहनुभएका थापा जिसस प्रमुखको उम्मेद्वारीकै लागि वडा सदस्य पदबाट चुनाव लडेर आउनुभएको हो ।

यसअघि गोलाप्रथाबाट जिल्लाको जिससमा प्रमुखरउपप्रमुख चयन गरिएको थियो । सदस्यहरू एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले सहमतिमा बाँडेका थिए । कांग्रेसको छ, एमालेको पाँच र राप्रपाको एक मतदाता भएपछि गोलाप्रथाबाट चार दलको सहभागितामा एमालेका जिल्ला अध्यक्षसमेत रहेका कटुवालको नेतृत्वमा जिसस गठन गरिएको थियो ।

यसपालि एमालेले मालिका, अन्नपूर्ण, मंगलामा अध्यक्ष/उपाध्यक्ष र बेनीमा नगर प्रमुख जितेको छ । धवलागिरि गाउँपालिकामा अध्यक्षमा विजयी भएको कांग्रेसले रघुगंगामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ । नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकाको उपप्रमुख र धवलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जिल्लाका ४५ मध्ये एमालेले २२, कांग्रेसले १७ र माओवादीले छ वटा वडामा जितेका छन् ।

दुईवटा स्थानीय तहको सभामा एमाले र एकवटाको सभामा कांग्रेसको बहुमत छ । बेनी नगरपालिका, धवलागिरि र मालिका गाउँपालिकाको सभामा बहुमत पुर्‍याउन माओवादीबाट जितेका जनप्रतिनिधि निर्णायक हुने देखिएको छ । कार्यपालिकाको सदस्य निर्वाचनका लागि दुवै दलको एकल बहुमत नपुग्ने भएकाले तीन पालिकामा माओवादी निर्णायक हुने देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार