ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने

काठमाडौं । ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।

ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट संघ ९क्यान० का म्यानेजर विनोद दाशले उमेर नपुगेका कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।उहाँहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पाँचै जना खेलाडीको उमेर नपुगेका कारण उनीहरु यो छनोट गुमाउने छन्,’ दाशले भने । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार