झाक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ। उहाँलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो । झाक्री शहरी विकास मन्त्रीसमेत हुनुहुन्छ ।

आयोगका कानून अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधा प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने सहमति दिइएको छ। झाक्रीले नै उक्त पत्र सार्वजनिक गर्दै आचारसंहिता पालना गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार