तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोल्यो

महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याउनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अजयजंग रायले २ हजार २०८ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । उहाँले २ हजार ६४ मत ल्याउनुभयो भने उहाँको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याउनुभयो। गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार