तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको जानकारी आएपछि खोजी टोली जाँदैछ : सैनिक प्रवक्ता

काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताउनुभएको छ । सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताउनुभयो ।

‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यहाँ पुग्न तीन-चार घन्टा लाग्छ होला,’ सिलवालले भन्नुभयो,‘हामी हेलिकप्टरबाट पनि पुग्न प्रयास गर्दैछौं।’योबाहेक अरू ठाउँमा पनि जहाजको खोजी भइरहेको छ। न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

आज बिहान ९स्५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०स्७ बजे सम्पर्कविहीन भएको थियो। नेपाली सेना, नेपाल प्रहरी तथा हिमालयन उद्धार संघका जवानहरूलाई पनि जहाज खोजीका लागि परिचालन गरिएको छ।नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट पनि खोजी कार्य जारी राखिएको छ।

आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको थियो।यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उहाँले जानकारी दिनुभयो । जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाउनुभएको थियो । चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार