तालमेल अनुसार काम नगर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने भएका छन् ।गठबन्धनको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा सबै नेता र कार्यकर्ताहरूलाई तल्लो तहसम्मै एकता गरेर अगाडि बढ्न भनेको हो ।

गठबन्धनको निर्णयमा भनिएको छ, ‘गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने । यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो ।’पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ ।

‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने ।’ गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार