थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २१जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १८ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २ सय १७ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार