दाहालको पहिलो निर्णय : अब जन्मिने छोरीको निःशुल्क बीमा

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गर्नुभएको छ ।

भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उहाँले निर्णय गर्नुभएको छ । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उहाँले बताउनुभयो । त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उहाँले निर्णय गर्नुभएको छ ।

आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उहाँको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्‍याउने उहाँले तेस्रो निर्णय गर्नुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार