धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बने्नुभएको हो ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाउनुयो । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२२९७ मतान्तरले पराजित गर्नुभएकेो हो । ०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित हुनुभएको थियो ।

वडले १४३२४ मत ल्याँदा हमालको ११ हजार ५ सय २७ मत मात्र आएका थियो । गठबन्धनको साथ हुँदा पनि यसपटक वडले ०७४ मा पाएको मतभन्दा १७८ मत कम पाउनुभयो । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश धनगढीमा हमाल निर्वाचित काँग्रेसलाई ठूलो धक्का लागेको छ । देउवा पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणाको निर्वाचन क्षेत्र रहेको हमालको जित संघीय चुनावका लागि थप चुनौती बनेको छ ।

राणा गत निर्वाचनमा एमाले उम्मेदवार नारदमुनी रानासँग पराजित हुनुभएको थियो । गत निर्वाचनमा मेयर उपमेयर जितेको काँग्रेसले यसपटक दुवै पद गुमाएको छ । उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बन्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार